१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भने बजेटले लिएका लक्ष्य हासिल हुँदैन : अध्यक्ष गोल्छा


78
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफुलको आयात ३० प्रतिशत भन्दा कम गर्ने कुरा सुन्दा कर्णप्रिय भए पनि सजिलो नभएको टिप्पणी गर्नुभएको छ ।

राजश्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रियामा अध्यक्ष गोल्छाले सो बताउनुभएको हो । सरकारले विकास पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भनेर बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने उहाँले बताउनुभयो ।

बजेटमार्फत व्यवसायीहरुलाई निर्यातमा सहुलियत दिने कार्याविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको भन्दै अध्यक्ष गोल्छाले कार्यविधि समयमै बने मात्रै उद्योगीहरुले सहुलियत पाउन सक्ने बताउनुभयो ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटले औद्योगिकरणका लागि बाटो खोलेको भन्दै बजेटमार्फत जग्गामा गरेको व्यवस्थाले उद्योगमैत्री वातावरण निर्माणमा सघाउने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारका लाखौं लगानीकर्ता पलायन हुने अवस्थामा पुगेको बताउनुभयो । अब नयाँ कम्पनी स्थापना हुँदा नै ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत पब्लिकको लगानीमा हुनुपर्ने व्यवस्था गर्न सरकारसँग अध्यक्ष मल्लले माग गर्नुभयो ।

अध्यक्ष मल्ले शेयर बजार खर्बौ रुपैयाँ व्यवसायीहरुले लगानी लगाएको तर अहिले त्यो लगानी डुब्न लाग्दा पनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।