
तस्विर फाइल
काठमाडौं । देशभर २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ७६ जनामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशभर १ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्