१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोनाक्षी र जहीर प्रेममा !


2.535k
Shares

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले प्रेममा रहेको खुलासा भएको छ ।

लामो समयदेखि प्रेम सम्बन्धकै कारण चर्चामा रहेका उनीहरूले सम्बन्धको बारे थप पुष्टि गर्ने पोस्ट र भिडियोहरु सार्वजनिक गरेका छन् ।

अभिनेता इकबालले मंगलबार मात्रै सोनाक्षीसँगको भिडियो सेयर गरेका छन् । सञ्जालमा पोस्ट गरेको भिडियोमा उनीहरू एउटा प्लेनमा सँगै यात्रा गर्दैै जिस्किरहेका छन् । भिडियोमा उनीहरूको केमेस्टी र स्टङ्ग बोन्डिङलाई पनि देख्न सकिन्छ ।

यति मात्र होइन, यसअघि जुन २ मा अभिनेत्री सिन्हाको जन्मदिनमा अभिनेता इकबालले शुभकामना दिँदै प्रेमको खुलासा गरेका थिए ।

उनले लेखेका थिए, ‘जन्मदिनको शुभकामना सोन्ज, आई लभ यू, आउँदा दिनहरूमा हाँस्ने, खाने र खुसी बाँड्ने काम जारी राखौं ।’

भारतीय मिडिया र सामाजिक सञ्जालमा उनीहरूको प्रेमबारे चर्चा भएपनि उनीहरूले भने आफूहरू साथी मात्र भएको बहाना बनाएर प्रश्नहरूबाट पन्छिने गरेका छन् ।