३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा उच्च अंकको गिरावट


429
Shares

काठमाडौं । शेयर बजारमा मंगलबार पनि उच्च अंकको गिरावट जारी रह्यो ।

नेप्से २ हजारको लाइनमा आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ४५ अंकले झरेर २ हजार २० मा आएर थामियो ।

सबै समूह ओरालो लाग्दा निर्जीवन बीमा र उत्पादनमूलक समूह सय अंक बढीले घटे । अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३४ कम्पनीको ३८ लाख बराबर कित्ता शेयर जम्मा १ अर्ब ३१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ८१ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा १५ कम्पनीकाले कमाएको पनि नेप्सेले जनाएको छ ।