
सोलुखुम्बु । सोलुखुम्बुमा अझै केही दिन नेपाल टेलिकमको नेटवर्क अवरुद्ध हुने भएको छ ।
टेलिकमको ओखलढुङ्गादेखि सोलखुम्बुको पत्तालेसम्म विच्छ्याइएको आरटिडिएफ फाइबर मर्मतको काम भइरहेकाले अझै बिहीबारसम्म टेलिकमको मोबाईल, ल्यान्डलाइन र एडिएसएल सेवा प्रभावित हुने नेपाल टेलिकम सल्लेरी शाखाले जनाएको छ ।
जिल्लाको पत्ताले रिपिटर स्टेसनबाट सञ्चालित सल्लेरीसहित अधिकांश स्थानहरुमा सेवा अनियमित हुने कार्यालय प्रमुख महमद अकबर अलीले जानकारी दिनुभयो ।
उहाँले केही समयअघि चट्याङका कारण सो क्षेत्रको फाइबरमा क्षति पुगेकाले मर्मत भईरहेको जानकारी दिनुभयो । टेलिकमको सञ्चारसेवा प्रभावित बनेको हो. ।
हाल फोन नलाग्ने, काटिने तथा इन्टरनेटमा समेत समस्या भइरहँदा सेवाग्राहीलाई समस्या भएको बताइएको छ । द्रुतगतिमा मर्मत भईरहेकाले जतिसक्दो छिटो सेवा सुचारु गराउने तवरबाट काम भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
विगतमा गुणस्तरहीन सेवा रहेको सोलुखुम्बुमा पत्तालेसम्म अप्टिकल फाइबर पुगेपछि सेवा प्रभावकारी बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्