
पाँचथर । कृषकहरुको समस्या समाधान गर्ने भन्दै पाँचथरको फिदिम नगरपलिकाका जनप्रतिनिधिहरु कृषकको खेतबारीमै पुग्न थालेका छन् ।
नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगर उपप्रमुख राधाृकष्ण न्यौपानेको टोली किसानको खेतबारीमै पुगेको छ ।
फिदिम नगरपालिकाले आगामी बजेटमा तरकारी खेतीमा निर्भर किसानको संख्या बढाउने लक्ष्य लिएको छ ।
अधिकांश स्थान तरकारी खेती गर्न योग्य जमिन भएकोले पनि तरकारी खेतीबाट किसानलाई आत्मनिर्भर बनाउन सजिलो र प्रभावकारी हुने नगरपालिकाको बुझाइ छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने भन्दै धान उब्जाउ हुने जमिन मासेर कृषकहरु तरकारी लगाउन थालेका छन् । बढी उत्पादन गर्न सकिने तरकारी खेतीका लागि आवश्यक पर्ने बिउबिजन, उपकरण र प्राविधिक सहयोग पाए नगरपालिका तरकारीमा आत्मनिर्भर बनाउन सकिने किसान बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्