१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दक्षिण कोरिया र अमेरिकी सेनाले पश्चिमी समुन्द्रमा २० लडाकु विमान उडाए


2.483k
Shares

एजेन्सी । कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच दक्षिण कोरिया र अमेरिकी सेनाले दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका छन् ।

उत्तरकोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी एकजना वरिष्ठ अमेरिकी अधिकारीले दिएका छन् ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले हवाइ प्रदर्शनीमा १६ दक्षिणकोरियाली विमान र एफ–३५ ए स्टिल्थ लडाकुसहित चार अमेरिकी एफ– १६ लडाकू जेट समावेश गरिएको बताएका छन् ।

उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन आफ्नो पनि सैन्य क्षमता प्रदर्शन गरिएको हो । मंगलबारको प्रदर्शनी उडान उत्तरकोरियाले गतसाता गरेको क्षेप्यास्त्र प्रदर्शनको प्रत्युत्तर हो । उत्तरकोरियाले चाँडै नै शक्ति बढाउन सक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरू बताएका छन् ।

उत्तरपूर्वी शहर पुन्ग्गे–रीमा रहेको आणविक परीक्षण मैदानमा अर्को परीक्षण गर्न प्योङयाङ तयार रहेको छ । सन् २०१७ को सेप्टेम्बरमा उसले अन्तरमहाद्वीपीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्यूक्लियर बम विस्फोट गरेको दाबी गरेको थियो ।

उत्तरकोरियाले लामो समयदेखि अमेरिका र कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा निन्दा गरेको छ । उत्तर कोरियाको पछिल्लो प्रक्षेपणपछि संयुक्त राज्य अमेरिकाले जापान र दक्षिण कोरियासँग स्परेट संयुक्त मिसाइल अभ्यासहरू सञ्चालन गरेको छ ।

राष्ट्रपति किमले आर्थिक समस्याका बावजुद आफ्नो परीक्षण गतिविधिलाई बढाउनुभएको छ ।

उत्तरकोरियाली सरकारले वार्ताका लागि बाइडेन प्रशासनले गरेको प्रस्तावलाई लचिलो भएर स्वीकार गरेको छैन भने निष्क्रिय निःशस्त्रीकरण वार्तालाई पारस्परिक हतियार घटाउने प्रक्रियामा रूपान्तरण गर्ने स्पष्ट रूपमा मनसाय नराखेको जानकारहरूले बताएका छन् ।