
काठमाडौं । पीईए एशोसिएशन प्राइभेट लिमिटेडले यो वर्ष १ हजार १ जना विद्यार्थीलाई इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीमा छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीईए मेन्टर्स डिजिटल लर्निङ प्लेटफर्ममार्फत बीई र बीआरको इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीमा छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।
स्थापनाको २८ औं वर्ष पूरा गरेको उपलक्ष्यमा पीईए एसोसिएसनको इन्ट्रान्स दिने विद्यार्थीलाइ ब्राण्ड एम्बेसडर घोषण गर्दै प्राथमिकताका आधारमा अनलाइन कक्षा लिन चाहने आर्थिक स्थिति कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई सुरुमा आवेदन भरेको आधारमा छात्रवृत्ति उपलब्ध गराउने बताएको छ ।
यस कोर्षले दुरदराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौेंमै रहेर पनि भौतिक तथा अनलाइन कोर्षमा आबद्ध हुने विद्यार्थीलाई अध्ययनमा सहज हुने पीईए एशोसिएशन प्रालिका संस्थापक लक्ष्मण पोखरेलले बताउनुभयो ।
पोखरेलले विद्यार्थीहरुको सर्वोत्कृष्ट नतिजा ल्याइ इन्जिनियर बन्ने सपना साकार पार्न पीईए एशोसिएशनले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारी, हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, नेपाल शिक्षक महासघंका अध्यक्ष कमला तुलाधर र प्यावसन का अध्यक्ष डीके ढुगांनाले पीईएको अभियान प्रसंसनीय रहेको भन्दै अरुका लागि पनि अनुकरणीय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्