
अर्घाखाँची । जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख जीवनारायण कोइरालाले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोइरालालाई सपथ ग्रहण गराउनुभएको हो ।
यस्तै सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित समन्वय प्रमुख कोइरालाले ५ वर्षको अवधिमा आफ्नो अधिकार भित्ररहेका काम गर्न कुनै प्रकारको कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै समन्वय प्रमुख कोइरालाले उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली लगायत ७ जना सदस्यले पद तथा गोपनियताको सपथ गराउनुभयो ।
संयुक्त गठबन्धनको बहुमत नआउने भएपछि उम्मेदवारी नदिँदा एमालेका उम्मेदवारहरू प्यानल नै निर्विरोध चयन भएका थिए ।
प्रतिक्रिया दिनुहोस्