
फाइल तस्बिर
काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गर्नुभएको हो ।
संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताउनुभयो ।
उहाँले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिननहुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्