१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु


1.092k
Shares

काठमाडौं । प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको ।

टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको थियो ।

सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा रोकेका थिए । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाएको हो ।

फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय बासिन्दालाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । सरकार र ल्याण्डफिल्ड क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अबरोध गरेसंगै बल प्रयोग गर्नुपरेको सरकारी भनाइ छ ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच फोहोर बिसर्जन गर्ने विषयमा सहमति भएको थियो ।

सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुरिने भएको छ । यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ ।

यसैगरी महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न शुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्ने छन् ।