२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


117
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत बुधबार पनि दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटबारे मन्त्रालयगत छलफल हुनेछ । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।