२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एसिया कप छनोट : नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै


299
Shares

काठमाडौं । एएफसी एशियन कप छनोटको तेस्रो चरणअन्तर्गत बुधबार मध्यराति नेपालले बलियो टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा बुधबार मध्यराति (बिहीबार बिहान) १ बजे जोर्डनको सामना गर्न लागेको हो ।

नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ भने एक खेल बराबरी खेलेको छ ।

मुख्य ११ खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोली सुखद् नतिजा निकाल्ने दाउमा छ । नियमित कप्तान किरण चेम्जोङ बिना नै मैदान उत्रिएको नेपाली टोलीलाई जोर्डनको सामना गर्न त्यति सहज भने हुनेछैन । किरणको अनुपस्थितिमा कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन् ।

जोर्डन फिफा वरियताको ९१ औं स्थानमा रहको छ भने नेपाल १६८ औं स्थानमा रहेको छ ।