१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इमेज अवार्डको लागि आवेदन खुला


260
Shares

काठमाडौं । यस वर्षको टुबोर्ग इमेज अवार्डको २२ औं संस्करणको लागि आवेदन फर्म खुला गरिएको छ ।

ईमेज च्यानलबाट दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना हुँदै आएको राष्ट्रकै संगीत वृतको सबैभन्दा ठूलो अवार्डको २२ औ संस्करणका लागि २०७९ जेठ २४ गते मंगलबारबाट आवेदन फर्म खुला गरिएको हो ।

यस वर्ष गीत, संगीत, रचना लगायत म्युजिक भिडियो र पब्लिक च्वाईस अवार्ड समूह गरि जम्मा १५ विधाका लागि आवेदन फर्म खुल्ला गरिएको ईमेज च्यानल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर.के. मानन्धरले जानकारी दिनुभयो ।

यस पटक २०७६ साल असार १ गतेदेखि २०७९ जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिने छ । प्रत्येक विधाको उत्कृष्ट पाँँच मनोनयनका लागि नेपाली सांगितिक क्षेत्रका विज्ञहरुबाट प्राविधिक भोट ( Technical Vote ) लिईने छ ।

ईमेज अर्वाडमा यस वर्ष नेपहप र्‍याप पर्फमेन्स पनि थप गरिएको छ । यस पटक मात्र एक विधा पब्लिक च्वाईस अर्वाड (Public Choice Award) का लागि भोटिङ्ग खुला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढि भोट प्राप्त गर्दछ, सोही गीतलाई विजेता घोषणा गरिनेछ ।

२०७६ यता कोरोना महामारीका कारण निरन्तर हुन नसकेको अवार्डलाई फेरि निरन्तरता दिइएको हो । समस्त गीत संगीत प्रेमीहरुलाई यस अवार्डमा सहभागि हुन आयोजक इमेज च्यानलले आग्रह गरेको छ ।

आवेदन फर्मको शुल्क १ सय रुपैयाँ तोकिएको छ । आवेदन फर्म ईमेज खबर डट कमबाट डाउनलोड गर्न सकिने छ । आवेदन शुल्क फर्म बुझाउँन आउँदा इमेज च्यानलको कार्यालय काठमाडौंको लाजिम्पाटस्थित ईमेज कम्प्लेक्समा स्वयं उपस्थित भई बुझाउनु पर्नेछ । आवेदन फर्म बुझाउने अन्तिम मिति २०७९ असार २० गतेसम्म तोकिएको छ ।