
स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई वटा भैंसी मरेका छन् ।
वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई वटा व्याउने भैंसी मरेका हुन् । ब्याउने भैँसी मंगलबार राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । अहिले चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन् ।
दुई वटा भैंसी मर्दा हेमबहादुर थापालाई १ लाख ४० हजार नोक्सान भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्