१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फरार थापा पक्राउ


845
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ ।

२०७७ पुस ३ को फैसलाले आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष ५ महिना ७ दिन कैद र पच्चीस हजार जरिवाना भएपछि फरार रहेका थापालाई प्रहरीले वालिङबाट पक्राउ गरेको स्याङ्जाका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

उनलाई स्याङ्जा जिल्ला अदालत समक्ष पेश गरी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।