
फाइल तस्वीर
काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ ।
शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको हाे । घर नजिकै खरले छोपेर आगो लगाई महिलाको हत्या गरिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ।
घटनाको अनुसन्धान लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ । डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको परेकाे हाे।
महिलाका श्रीमानको करिब ७–८ वर्ष पहिले नै निधन भएको थियो। मृतकका २ छोरी र १ छोरा रहेका छन् ।
अनुसन्धानका लागि प्रहरीले गाउँकै वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्