
काठमाडौं । नेकपा(एमाले)की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि हुन नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीश जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याइनुपर्ने बताउनुभएको हो ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरीकन राखिरहनु नहुने उहाँले बताउनुभयो ।
सांसद अर्यालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निश्चित उद्देश्य पुरा गर्नका निम्ति ल्याइएको बताउनुभयो । उहाँले महाअभियोग लगाइसकेपछि कानूनसम्मत् रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्