
काठमाडौं, बैशाख ८ । सरकारले नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका सबै १० जना प्रहरी अधिकृतलाई जिम्मेवारी दिएको छ ।
प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिह्न लगाई दिएकै दिन गृह मन्त्रालयले पदस्थापन गरेको हो ।
जसअनुसार प्रदेश १ मा इश्वरबाबु कार्की, प्रदेश २ मा धिरजप्रताप सिंह, प्रदेश ३ मा बसन्त लामा, प्रदेश ४ मा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, प्रदेश ६ मा बसन्त पन्त र प्रदेश ७ मा उत्तमराज सुवेदी छन् ।
अरुण बिसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी पाएका छन् । यसअघि उनी महानगरीय प्रहरी अपराध महाशाखामा थिए ।
प्रकाशजंग कार्कीलाई प्रहरी एकेडेमी तथा प्रदेश २ मा रहेका प्रधुम्न कार्कीलाई विषेश ब्युरो सरुवा गरिएको छ । सीआईबीमा रहेका निरज शाहीलाई आईजी सचिवालयमा लगिएको छ ।
सरकारले डीआईजी दरबन्दी कटौतीको तयारी गरेपछि अधिकांश प्रदेश प्रहरी नेतृत्वविहीन थिए । सरकारले प्रदेशको नेतृत्व डीआईजीले गर्ने भएपछि जनपदतर्फ रहेका २६ दरबन्दी घटाएर १४ मा झारेपछि बढुवाको बाटो खुलेको थियो । १० डीआईजी दरबन्दी रिक्त थिए ।
प्रतिक्रिया दिनुहोस्