२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शाही मृत्यु प्रकरणमा अछाम बन्द


598
Shares

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका १५ वर्षीय विनोद शाही मृत्यु प्रकरणलाई लिएर अछाम जिल्ला बन्द गरिको छ ।

अनेरास्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै बुधबार बिहानैदेखि बन्द घोषणा गरेको हो ।

शाही मृत अवस्थामा फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन । शाहीको हत्या अभियोगमा ५ जना प्रकाउ परेका छन् । स्थानीय तथा विद्यार्थी नेताहरु आन्दोलित बनेपछि जिल्लाका व्यवसाय, शैक्षिक संस्था, सरकारी कार्यालय र यातायात पूर्ण रुपमा बन्द रहेका छन् ।

बन्दका कारण सदरमुकाम मंगलसेन बजार सुनसान रहेको छ । पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भीरमा जेठ २१ गते भेटिएको थियो ।