२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङ जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता


793
Shares

दाङ । दाङमा जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ ।

दाङमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुन लागेको छ ।

समितिमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

समितिको प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उप प्रमुखमा कांग्रेसकातर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको छ । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै, सदस्यमा कांग्रेसबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य) र कल्पना शेर्पाइली (महिला सदस्य) रहेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका छन् ।

समितिमा एक प्रमुख, एक उप प्रमुख, तीन खुला सदस्य, तीन महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था रहेको छ ।

दाङका १० गाउँपालिकाका प्रमुख र उप प्रमुख गरी २० जना मतदाता रहेका छन् । जसमध्ये कांग्रेसका १२, एमालेका ५ र माओवादी केन्द्रको ३ मत रहेको छ ।

कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गरेसँगै गठबन्धनको बहुमतसहित १५ मत रहेको छ भने एमालेको ५ मत रहेको छ ।