१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम छैन : सांसद पौडेल


78
Shares

काठमाडौं । बागमती प्रदेशका सांसद रमेश पौडेलले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभइ परम्परा धान्ने किसिमका रहेको उहाँको भनाइ छ ।

सांसद पौडेलले प्रदेश सरकारले प्रदेशमा हुनसक्ने सम्भावित विपद्जन्य जोखिम न्यूनिकरणका लागि कुनै नयाँ कार्यक्रम र योजना नल्याएको भन्दै पूर्व तयारीका हिसावमा सरकारले नसोचेको आरोप लगाउनुभयो ।

सभासद पौडेलले गत वर्ष सिन्धुपाल्चोकको घटनालाई हेरेर विपद्जन्य कुरामाहरूमा चासो र चिन्ता राख्दै सम्भावित घटना हुन नदिने कार्यक्रम नीति तथा कार्यक्रममा नरहेकोले मेलम्ची लगायत जोखिम स्थानका बासिन्दाहरु यसबाट त्रसित रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्ने स–साना कामलाई प्राथमिकता दिएको देखिएको भन्दै प्रदेश र स्थानीय सरकारको तालमेल नमिलेको पनि उहाँले बताउनुभयो ।