
बर्दिया । बर्दियाका युवा म्यान अफ द वल्डमा छनोट भएका छन् ।
राजापुर नगरपालिका ७ का समर पुरी छनौट भएका हुन् । पुरी ७२ राष्ट्रका प्रतियोगी मध्य नेपालबाट छनौटमा परेका हुन् ।
१८ जुन २०२२ मा फिलिपिन्सको बागियोमा आयोजना गरिने समारोहमा भागलिन पुरी यतिबेला फिलिपिन्स गएका छन् ।
मोडलिङमार्फत समाज परिवर्तनका निम्ति सकारात्मक भुमिका निर्वाह लगायतका विधाको आधारमा पुरी नेपालबाट छनौटमा परेका हुन ।
नेपाल र नेपालीलाई विश्वव्यापी चिनाउन पुरीको छनोटबारे व्यापक प्रचार प्रसार गरिदिन युवा तथा बर्दियाबासिले आव्हान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्