१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध


1.066k
Shares

काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् ।

अवरुद्ध भएको सडक २ ओटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेता पनि पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।