२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै


78
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार पनि दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्नेछन् । त्यस्तै, राष्ट्रिय सभाको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।