२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : कमल थापा

'नेपालमा राजसंस्थाको पुर्नस्थापना अब सधैंका लागि सकियो'

442
Shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताउनु भएको छ । उहाँले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नु पर्ने बताएनुभएको हो ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका थापाले संघिय संसदबाट राष्ट्रपति निर्वाचन हुनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा राजसंस्थाको पुर्नस्थापना अब सधैंका लागि सकिएको भन्दै अब जनताको मत जितेर मात्रै राजसंस्था पुर्नस्थापना हुन सक्ने दाबी गर्नुभयो ।

थापाले असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुर्नस्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेको बताउनुभयो । जनता अहिले पनि हिन्दुराज्यको पक्षमा रहेको भन्दै हिन्दुराज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिनुभयो ।

राजाका सचिव तथा निर्मल निवासले निरन्तर हस्तक्षेप गरिरहेको बताउँदै थापाले पार्टीमाथि भएको हस्तक्षेप सहन नसकेर आफू अलग्गिएको बताउनुभयो ।

राप्रपासँग एकताको सम्भावनाको बारेमा बताउँदै उहाँले राप्रपाले राजतन्त्रको एजेण्डा छोडेमा राप्रपालाई पार्टी हस्तान्तरण गरेर बस्ने बताउनुभयो ।