
काठमाडौं । गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका–३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
जेसीबीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस्