
काठमाडौं । शेयर बजारमा पुनः करेक्सन आएको छ ।
निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा बुधबार ६० अंकको उछाल आएकोमा बिहीबार पुनः दोहोरो अंकको गिरावट आएको हो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंक बराबरले ओरालो लागेर २ हजार ६० मा आएर थामियो । सुरुवाती समयमा बुधबार पनि बजार उकालो लागेर २१ सय माथि पुगेपनि वृद्धि अन्तिमसम्म टिक्न सकेन ।
कारोबार भने यस दिन पनि डेढ अर्ब नजिक रह्यो । हिजो सबै समूहमा हरियाली छाएकोमा बुधबार मात्र व्यापार समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।
यस दिन अधिकांशजसो समूह दोहोरो अंकले घटे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको साढें ४१ लाख बराबर कित्ता शेयर १ अर्ब ४७ करोड बढीमा किबनेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ६० कम्पनीको शेयर मूल्य घट्दा जम्मा ३१ कम्पनीको मूल्य बढेको पनि नेप्सेले जनाएको छ । घटेको बजारमा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोका शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्नेगरी बृद्धि भयो ।
प्रतिक्रिया दिनुहोस्