१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु


130
Shares

काठमाडौं । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो परेको चट्याङ लागेर गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदले जनाएको छ ।

उनीहरू गाईवस्तु चराउन गएका गएका थिए ।