
काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्डका कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएनको नेपाल भ्रमणलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन् ।
अमेरिकी उच्चपदस्थ पदाधिकारीको नेपाल भ्रमण र नेपाली उच्च पदस्थ पदाधिकारीको अमेरिका भ्रमणको तयारीलाई लिएर त्रिभूवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागका प्राध्यापक खड्ग केसीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही बदलाव आएको बताउनुहुन्छ ।
केसीले एमसीसीपछि नेपाल र अमेरिकीबीच भ्रमण बाक्लिँदै गएको तथा स्वभाविक रूपमा एमसीसी इण्डोप्यासिफिकको अंग होइन भने पनि यसले रणनीतिक महत्व राखेको पुष्टि हुँदै गएको बताउनुभयो ।
प्राध्यापक केसीले नेपालमा एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढिरहेको बताउनुभयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताउनुभयो ।
प्राध्यापक केसीले सत्तारुढ दलका नेताले अमेरिकी उच्च पदस्थ व्यक्तिको नेपाल भ्रमणलाई लिएर विशेष चासो र चिन्ता नगरेको समेत बताउनुभयो । एमसीसी पास भएपछि उच्च पदस्थ अमेरिकी पदाधिकारीको यो दोस्रो नेपाल भ्रमण हो ।
यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आउनुभएको थियो ।
प्राध्यापक केसीले एमसीसीपछि इण्डोप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शंका गर्न सकिने घटनाक्रम बढिरहेको बताउनुभयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताउनुभयो ।
प्राध्यापक केसीले धेरै गठबन्धन हुनु भनेको सरकार कमजोर हुनु रहेको भन्दै गठबन्धनमा सम्मिलित कुनै दलले कहिले पार्टी छोड्ने हो भन्ने चिन्ता नेतृत्वलाई हुने गरेको बताउनुभयो ।
अमेरिकाबाट आर्थिक सहयोग, विज्ञान र प्रविधिका कुराहरू सिकेर अहिलेको जस्तै सम्बन्ध सुमधुर राख्नुपर्ने उहाँको भनाइ छ । तर, पछिल्ला भ्रमणका घटनाक्रम हेर्दा नेपालका राजनीतिक नेतृत्वहरू देशप्रति भन्दा विदेशी शक्तिप्रति ढल्किएको भान हुन थालेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्