१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक वर्षपछि महासंघको विधान संशोधन हुन्छ : उपाध्यक्ष श्रेष्ठ


78
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।

अध्यक्ष श्रेष्ठले महासंघको सन् २००६ साल देखि विधान संशोधन नभएकाले अर्को वर्ष विधान संशोधन गर्ने तयारीमा महासंघ रहेको बताउनु भयो ।

उहाँले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत: महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्ने गरी विधान संशोधन गरिने बताउनुभयो ।

युवा उद्यमी संघ ललितपुर शाखाले बिहीबार नै नयाँ नेतृत्व चयन गरेको छ । युवा उद्यमी राजकरण श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष राजकरण श्रेष्ठले युवा उद्यमी संघलाई नेपालका युवा उद्यमी बन्न चाहाने युवाहरूलाई सहयोग गर्ने माध्यम बनाउने बताउनुभयो ।

सरकारसँग युवा उद्यमको लागि रहेका समस्या समाधान गर्ने र नीतिगत व्यवस्थामा सहजीकरण गर्ने काममा निरन्तर लाग्ने बताउनुभयो ।