
काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरूको संगठन स्टक ब्रोकर एशोसिएन अफ नेपालले फुटसल आयोजना गरेको छ ।
संघले फुटसल फर युनिटीको नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायलाई समेटेर फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता चण्डोल स्थित ढुकु फुट्सल हबमा आगामी शनिबारदेखि सुरु भइ चार दिन सञ्चालन हुने संघले जनाएको छ ।
प्रतियोगितामा सेबोन, सिडिएस एण्ड क्लियरिङ लि, धितोपत्र दलाल ब्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सि, निक्षेप सदस्य लगायत अन्य पुँजीबजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्