२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशसभा बैठक आजदेखि सुरु हुने


117
Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको १० औं अधिवेशनको ८ औं बैठक  आज (शुक्रबार) देखि सुरु हुने भएको छ ।

बैठकमा सरकारले ल्याएको नीति कार्यक्रम माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अघिल्लो सरकारले ल्याएको कार्यक्रमको फोटोकपी आएको प्रतिक्रिया दिएको थियो ।

नेकपा एमाले नेतृत्वको सरकारकै नक्कल गरेर ल्याएको हुनाले नीति तथा कार्यक्रमका विषयमा नकारात्मक टिप्पणी गर्ने अवस्था नभएको तर नीतिभित्र बजेट आउँछ कि आउदैन भन्ने मुख्य कुरा भएको एमालेले टीप्पणी गरेको छ ।

नीति तथा कार्यक्रममा ठूलठूला योजना देखाउने तर बजेटमा खुद्रे योजनालाई रकम छुट्याउने गठबन्धन सरकारको नियत अघिल्लो बजेटमै देखिएकाले कार्यान्वयन नहुने नेकपा एमालेको तर्क छ ।