२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


‘ब्ल्याक एडम’ को ट्रेलर सार्वजनिक


234
Shares

एजेन्सी । हलिउड फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर सार्वजनिक भएको छ ।

हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर बिहीबार सार्वजनिक भएको हो ।

दुई मिनेट भन्दा बढी ट्रेलरमा ड्वेनको दमदार स्टाइल देख्न सकिन्छ । फिल्ममा ड्वेनका अलावा पियर्स ब्रोसनन पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । इन्स्टाग्राममा मार्फत ट्रेलरको सार्वजनिक गरिएको हो ।

जेमी केलेट सेराद्वारा निर्देशित ‘ब्ल्याक एडम’ अक्टोबर २१ मा रिलिज हुनेछ । डीसी युनिभर्सको सेटिङमा खिचिएको फिल्मको ट्रेलरमा मुख्य पात्रले प्लेनलाई हानेको र रकेटलाई समेत समातेको देख्न सकिन्छ ।

सन् २०१९ मा अभिनेताले आफ्नो फिल्मको रिलिज मितिको साथ ‘ब्ल्याक एडम’ को रूपमा आफ्नो पहिलो लुक साझा गरेका थिए, जुन पछि सारिएको थियो । पुनर्जीवनको झल्लो दिने फिल्ममा दर्शकले फिल्मका नयाँ चरित्रलाई देख्न सक्नेछन् ।

हेर्नुहोस् ट्रेलर :