१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते


143
Shares

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सुर्य कुमार मिस्त्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बर्दिबास स्थित जनसेवा अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी, घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।