
web pic
काठमाडाैं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाकाे अवस्था भने गम्भीर रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले ईमेज खबरलाई जानकारी दिनुभएकाे छ ।
जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो जिप आज (शुक्रबार) बिहान साढे सात बजेतिर दुर्घटना भएकाे उहाँले बताउनुभएकाे छ । जिपमा चालकसहित जम्मा ११ जना सवार भएकाे पनि उहाँले बताउनुभएकाे हाे।
साेही घटनाकाे थप अनुसन्धान भइरहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्