२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन सांसद मानन्धनको माग


13
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउनुभयो ।

उहाँले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गर्नुभयो ।