२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


व्यवसायीले तालाबन्दी र जनता भोकै मर्नुपर्ने स्थिति सरकारले ल्यायो : महेश बस्नेत


273
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताउनुभयो ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताउनुभएको हो ।

निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उहाँले टिप्पणी गर्नुभयो ।