
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताउनुभएको छ ।
उहाँले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । उहाँले गन्धरहीत बनाउने कुरा हरेकपल्ट भनिरहनु पने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताउनुभयो ।
नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रुपमा अर्को विकल्प खोज्न पनि आग्रह गर्नुभयो ।
नेता तामाङले फोहोर व्यवस्थापन गर्ने र व्यवस्थापन केन्द्र आसपास रहेका नागरिकको सुरक्षा र हेरचाहमा सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो ।
उहाँले व्यवस्थापनमा इमान्दारिता देखाउने हिसावले प्रतिवद्धता जनाउन पनि सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुभयो । उहाँले काठमाडौंमा अझै फोहोर थुप्रिन दिने हो भने विश्वले बदनाम सरकार र बदनाम शहर भनेर चिन्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्