
फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताउनुभएको छ ।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा उहाँले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताउनुभएको हो ।
उहाँले सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने र फोहोर विसर्जन गर्न मेसिन खरिद बाहेक अर्को विकल्प नरहेको बताउनुभयो । नेता मानन्धरले मेसिन ल्याउने कुराको एकल निर्णय गरेर मात्रै फोहोर विसर्जन गर्न सरकारसँग अनुरोध गर्नुभयो ।
नेता मानन्धरले फोहोर विसर्जनको उत्तम विकल्प भनेकै मेसिन भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्