१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा


1.105k
Shares

कैलाली । धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ ।

उपमहानगरपालिका–३ बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो ।

देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो ।

देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम प्रदेशमा भने धनगढीबाट पहिलोपटक सेवा शुभारम्भ गरेको हो ।

स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर लगायत सम्पूर्ण सामानहरु उपलब्ध छन् । उद्घाटनको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी प्रमुख मिन गुरुङले बताउनुभयो ।

साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।