१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


करुणामय मानव विकास संघद्धारा ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान


26
Shares

काभ्रे । करुणामय मानव विकास संघले काभ्रे र भक्तपुर जिल्लाका ८८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

बनेपामा आयोजित एक कार्यक्रमकाबीच करुणामय मानव विकास संघले असहाय, गरीब तथा जेहन्दार विद्यार्थीलाईं छात्रवृत्ति प्रदान गरेको हो ।

करुणामय मानव विकास संघले सन् २००५ देखी हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । एसइईसम्म अध्ययनरत विद्यार्थीका लागि आवश्यक भर्ना शुल्क, झोला, स्टेशनरी लगायतका सामाग्रीको जिम्मेवारी संस्थाले लिने गरेको छ ।

हालसम्म १ सय ८२ जना विद्यार्थीलाईं छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष सिद्धिगोपाल मानन्धरले जानकारी दिनुभयो । कार्यक्रमममा इमेज च्यानलका प्रबन्ध निर्देशक रघुबीर भक्त मानन्धरले मानिसलाई चरित्र सिकाउने ठाउँमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।