१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँची उद्योग वाणिज्य संघको अधिवेशनमा तीन दलद्वारा बहिस्कार


572
Shares

अर्घाखाँची । जिल्लामा हुन लागेको उद्योग वाणिज्य संघको साधारणसभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)मा आवद्ध व्यवसायीहरूले बहिस्कार गरेका छन् ।

हालसम्म सहमतिमा अधिवेशन सम्पन्न भएको र अहिलेको अधिवेशनमा भने एमालेले आफ्नो राजनीतिक आस्था लाद्न खोजेको भन्दै तीन पार्टीनिकट व्यवसायीहरूले बहिस्कार गर्ने जनाएका हुन् ।

उद्योग वाणिज्य संघमा सबै विचारका व्यवसायीहरूलाई समावेश गरी साधारणसभा गर्ने भएमा मात्र आफूहरू सहभागी हुने वरिष्ठ उपाध्यक्ष नेत्र भुसालले बताउनुभयो ।

साधारणसभामा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । शनिबार हुने मतदानका लागि उनीहरूले आजै मतदान गर्ने कार्यतालिका छ ।

एमाले निकट व्यवसायीहरूले अध्यक्षमा प्रदिप मिश्रलाई यसअघि नै अगाडी सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति गरेको हो ।