१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक


169
Shares

काठमाडौं । खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘पानीफोटो’को डायनामिक मोसन पोस्टर सार्वजनिक भएको छ ।

बेपत्ता छोरो कुरेर बस्ने बाबुआमाको कथा प्रस्तुत गर्ने फिल्मलाई खगेन्द्र लिखित यही नामको नाटकको फिल्माङ्कन हो ।

फिल्ममा खगेन्द्रबाहेक अनुप बराल, मेनुका प्रधान र मलिका महत प्रकाश घिमिरे लगायतका कलाकारको भूमिका छ ।

दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म साउन १३ मा प्रदर्शन हुँदैछ ।

भदौ १० मा प्रदर्शन हुने घोषणा गरेको फिल्म दुई हप्ता प्रिपोन्ड हुँदै साउन १३ मा आएको हो ।