
एजेन्सी । ब्राजिलको साओ पाउला शहरमा पनि मंकिपक्स संक्रमित फेला परेका छन् ।
भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरी फर्केका ४१ वर्षीय पुरुषमा मंकीपक्स भाइरस देखिएको हो । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मकिंपक्स देखिएको आशंका गरिएको थियो । अफ्रिकी मुलुकमा पहिलो पटक देखिएको मंकीपक्स नाइजेरिया देखि बेलायतसम्म फैलिइसकेको छ ।
यसअघि विश्व स्वास्थ्य संगठनले मंकीपक्सको विस्तार विश्वब्यापी हुनसक्ने चेतावनी दिएको दिएको थियो । विश्व स्वास्थ्य संगठनले मंकीपक्स रोग ज्यादै घातक नभए पनि विश्वब्यापी संक्रमण भएमा स्वास्थ्य क्षेत्रमा अर्को समस्या आउन सक्ने बताएको छ ।
मंकीपक्सको संक्रमणलाई न्यूनीकरण गर्ने विषयमा छिट्टै उपाय सुझाउने पनि डब्ल्युएचओले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्