
पर्वत । जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उम्मेदवारी निर्विरोध निर्वाचित भएका छन् ।
एमाले र गठबन्धनकाबीचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्विरोध निर्वाचित भएका हुन् ।
प्रमुख पदमा एमालेका बिष्णुराम बिक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सोम जिसी बिजयी भएका छन् ।
सदस्यमा एमालेका तर्फबाट दर्शन घले, गिता सुनार र केशुकुमारी सुवेदी रहेका छन् । नेपाली कांग्रेसबाट बिजय क्षेत्री, निर्मला रेग्मी र सिता समुन्द्रीया रहेका छन् । त्यस्तै, माओवादी केन्द्रका तर्फबाट हिमलाल पैनी निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनकाबीचमा समान ७ मत रहेका कारण सर्वसम्मत उम्मेदवारी दिने सहमति भएको थियो । सहमति अनुसार प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथा हँदा एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला मसन्वय समितिको निर्वाचन भने जेठ ३१ गतेका लागि तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्