२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुकको शोधनान्तर घाटा महिना दिनमै २० अर्बले बढ्यो


377
Shares

काठमाडौं । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कायमै रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिना अर्थात् बैशाख महिनासम्मको आर्थिक स्थिति अनुसार अर्थतन्त्रमा चुनौति कायमै रहेको देखिएको हो ।

यस अवधिमा शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर अघिल्लो वर्षको यसै अवधिमा ७ अर्ब ७५ करोडले बचतमा थियो । महिना दिनमै शोधनान्तर घाटा २० अर्ब बराबर बढको छ ।

अघिल्लो महिनासम्म पनि शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब बराबर रहेको थियो । यस्तै यस अवधिमा चालु खाता घाटा पनि ५ खर्ब ४७ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब घाटामा रहेको थियो । अघिल्लो महिनासम्म पनि चालु खाता घाटा ५ खर्ब १३ अर्ब बराबर रहेको थियो ।

यस्तै, सरकारले अनेक प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम पनि रोकिएको छैन । यस अवधिमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर बराबर कायम भएको छ ।

चैत्र सम्म पनि विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको थियो । यस अविधमा विप्रेषण आप्रवाहमा भने सामान्य सुधार भएको छ । विप्रेषण आप्रवाहमा ० दशमबल २ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा महंगी थगप बढको छ । बैसाखसम्म उपभोक्ता मुद्रास्फीति ७ दशमबल ८७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा मुद्रास्फीति ३ दशमा ६५ प्रतिशत रहेको थियो । चैत्र महिनासम्म पनि मूल्य बृद्धि ७ दशमलब २८ प्रतिशत रहेको थियो ।