६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मैत्रीपूर्ण खेलमा जापानले घानालाई हरायो


338
Shares

काठमाडौं । एसियाली राष्ट्र जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी प्रतिद्वन्द्वी घानामाथि सानदार जित निकालेको छ ।

घरेलु मैदान नोइभिर स्टेडियम कोवेमा शुक्रबार राति भएको खेलमा जापानले घानामाथि ४–१ को सानदार जित दर्ता गरेको हो ।

जापानको जितमा मिकी यामाने, काओरु मितोमा, ताकेफुसा कुवो र दाइजेन माइदाले एक एक गोल गरे । घानाका जोर्डन एयुले एक गोल फर्काए ।

यता, दक्षिण कोरियाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पाराग्वेसँग रोमाञ्चक बराबरी खेलेको छ ।

सुओनमा शुक्रबार राति भएको खेलमा २–० ले पछि परेको स्थिति उल्ट्याउँदै कोरियाले पाराग्वेसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।

अर्काे मैत्रीपूर्ण खेलमा ट्युनिसियाले चिलीलाई २–० ले पराजित गरेको छ । ट्युनिसियाको जितमा अली एब्दी र इसाम जेवालीले गोल गरे ।