
बैतडी । बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा आज (शनिबार) बिहान जिप दुर्घटना भएको छ ।
सडकखण्ड अन्तर्गत पाटन नगरपालिका-६ मेलतडामा शनिबार बिहान ४ बजे जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि एकजना घाइते भएका छन् । घाइते हुनेमा पाटन नगरपालिका-६ का आशिष पहरी रहेकाे इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभएकाे हाे । घाइते आशिषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँले बताउनुभएकाे छ ।
मेलौलीबाट पाटन तर्फ आउँदै गरेको सुप प्र.०१–००१च ३१२५ नम्बरको टाटासुमो जिप दुर्घटनामा परेको हो । ३ जना सवार उक्त जिप मेलतडा खोलाको पुलबाट १० मिटर तल खसेको र अन्यको अवस्था सामान्य रहेको छ ।
जिप साहु गणेश भुल आँफै चालक समेत रहेकाे प्रहरीले जनाएको छ ।
पानी परिरहेको र सडक चिप्लो भएकाले जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्