
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विक रहेका छन् । शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो ।
भेलले बगाउँदा बेपत्ता भएका विकको शव शनिबार विहान फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्